काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् ।
लामिछानेको देब्रे खुट्टामा समस्या देखिएपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका स्वकीय सचिव अविनाश आचार्यले बताए ।
उनको देब्र खुट्टाको छालामा संक्रमण देखिएको थियो । सोही कारण उनी घरमा आराम गरेर बसेका थिए । खुट्टा चेकजाँचका क्रममा चिकित्सकले अस्पतालमा भर्ना भएर उपचार गर्न सुझाएपछि उनी भर्ना भएका हुन् ।
NIBL