शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम दुई अर्बले घट्यो 

काठमाडौं । आज मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सेन्ज (नेप्से)का अनुसार यस दिन बजार ४२.५८ प्रतिशतले घटेको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २७२६.५१ विन्दुमा झरेको छ ।

आज ३३३ कम्पनीको कारोबार हुँदा २२४ कम्पनीको मूल्य घटेको छ । ३४ कम्पनीको मूल्य बढेको छ भने दुईवटा कम्पनीको मूल्य स्थिर छ ।

यस दिन १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा दुई अर्ब १८ करोडले कम हो । सोमबार १६ अर्ब ३५ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको थियो ।

यस दिन कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्न सकेन । सप्तकोसी डेभलपमेन्ट बैंकको मूल्य ७८ रुपैयाँ (८.५६ प्रतिशत)ले बढेको छ ।

समूहगत सूचकका आधारसमा सबै समूह राताम्य छन् । म्युचुअल फन्डको भने स्थिर छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार