सामान्य अंकले घट्यो शेयर बजार, १६ अर्बको कारोबार 

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (माघ १२) सेयर बजार सामान्य अंकले घटेको छ ।

यस दिन बजार ३.०७ ले घटेसँगै धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २७६९.०९ विन्दुमा बन्द भएको छ । अघिल्लो दिन बजार ५७.५५ अंकले बढेको थियो ।

आज ३३२ कम्पनीको कारोबार भयो, जसमा ८८ कम्पनीको मूल्य बढ्यो भने १६५ को घट्यो । यस्तै, सात कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकमका आधारमा पनि १६ अर्ब ३५ करोड ५७ लाखभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

यस दिन पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा एसवाई प्यानल, हिमस्टार ऊर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोसी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो रहेका छन् ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा हिमालयन पावर पार्टनर कम्पनी भएको छ । नेप्सेका अनुसार यो कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा आँखुखोला जलविद्युत् र तेस्रोमा मञ्जुश्री फाइनान्स छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार