राष्ट्रियसभा चुनाव : को–को बने सांसद ? (सूचीसहित)

काठमाडौँ – ११ माघमा सम्पन्न राष्ट्रियसभा चुनावमा ९५.६८ प्रतिशत मतदान भएको थियो । यो चुनावलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले बहिष्कार गरेको थियो । अन्य दलका कतिपय सांसद र स्थानीय तहका प्रतिनिधि पनि भोट हाल्न गएनन् ।

चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरू विजयी भए । तीन दलले गठबन्धन गरेपछि सहज जित भएको हो ।

खाली भएका १८ सिटमध्ये नाै सिटमा कांग्रेसले उम्मेदवारी दिएको थियो, एमालेले आठ र लोसपाले एक सिटमा उम्मेदवारी दिएको थियो । राष्ट्रियसभामा १९ पद रिक्त भएकोमा एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

कहाँबाट को निर्वाचित भए ?

१. सुनिलबहादुर थापा (निर्विरोध निर्वाचित), नेपाली कांग्रेस

२. रोशनी मेचे, नेकपा एमाले

३. सोमनाथ पोर्तेल, नेकपा एमाले

 

मधेश प्रदेश

१. धमेन्द्र पासवान, नेपाली कांग्रेस

२. रञ्जित कर्ण, नेपाली कांग्रेस

३. महन्थ ठाकुर, लोसपा

४. रेखाकुमारी झा, नेकपा एमाले

 

बागमती प्रदेश

१. गीता देवकोटा, नेपाली कांग्रेस

२. प्रेमप्रसाद दंगाल

 

गण्डकी प्रदेश

१. सम्झना देवकोटा, नेकपा एमाले

२. जगत तिमिल्सिना, नेपाली कांग्रेस

 

लुम्बिनी प्रदेश

१. बासुदेव जंगली, नेपाली कांग्रेस

२. चन्द्रबहादुर केसी, नेपाली कांग्रेस

३. रामकुमारी झाक्री, नेकपा एमाले

 

कर्णाली प्रदेश

१. ललितजंग शाही, नेपाली कांग्रेस

२, मीनासिंह रखाल, नेकपा एमाले

 

सुदूरपश्चिम प्रदेश

१. लीलाकुमारी भण्डारी, नेकपा एमाले

२. खम्मबहादुर खाती, नेपाली कांग्रेस ।

प्रतिक्रिया
सम्बन्धित समाचार