आज उच्च अंकले बढ्यो नेप्से, १३ अर्बमाथिको कारोबार 

काठमाडौं । देश निर्वाचनमा होमिँदै गर्दा लगानीकर्तामा उत्साह देखिएको छ । यही उत्साहका कारण साताको पहिलो कारोबार दिन आइतबार (माघ ११) सेयर बजार उच्च अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार ५७.५५ अंक बढेको हो । यससँगै बजार २७७२.१७ विन्दुमा पुगेर बन्द भएको छ ।

बढेको बजारमा २४० कम्पनीको सेयर मूल्य बढेको छ । १९ कम्पनीको सेयर मूल्य घटेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ ।

यस दिन १३ अर्ब ७८ करोड ५७ लाख २९ लाख ६४५ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । बिहीबार ९ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

कारोबारमा आएका कुल कम्पनीमध्ये आठवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा एसवाई प्यानल, श्रीनगर एग्रोटेक, नेपाल माइक्रो इन्स्योरेन्स,बन्दीपुर केवलकार, हिमस्टार ऊर्जा, माबिलुङ इनर्जी, रिलाइन्स फाइनान्स, आँखु खोला जलविद्युत् कम्पनी रहेका छन् ।

यी कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै, समूहगत सूचकतर्फ १३ वटै सूचक बढेका छन् । सबैभन्दा धेरै होटेल तथा पर्यटन सूचक (३.३५ प्रतिशत)ले बढेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार