६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै ?

काठमाडौँ – आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मंगलबार उम्मेदवारी दर्ता भइसकेको छ। संविधान सभा सदस्य पदका लागि देशभरबाट ३ हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन्।

विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा घुलेकादेखि पहिलोपटक आकांक्षी देखिएकासम्म उम्मेदवार बनेका छन्।

यसपटकको निर्वाचनको एउटा मुख्य आकर्षण भनेको चार पूर्वप्रधानमन्त्रीका साथै ६ पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री बीचको रोचक भिडन्त हो।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिँदा ६ पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री संघीय सांसद बन्ने प्रतिस्पर्धामा होमिएका छन्। डा भट्टराईलाई भने पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्री दुवैको सूचीमा समावेश गरिएको छ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पाँच पटकसम्म अर्थमन्त्री बनेका निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल, समान दुईपटक अर्थमन्त्री भएका वर्षमान पुन र जनार्दन शर्मा, अर्थमन्त्रीको जिम्मेवारी सम्हाले पनि वार्षिक बजेट ल्याउन नपाएका ज्ञानेन्द्रबहादुर कार्की र अघिल्लोपटक समानुपातिक सांसद रहेर अर्थमन्त्री बनेका डा प्रकाशशरण महत आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छन्।

यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्रुमुलुकको आर्थिक बागडोर सम्हालिसकेका र बजेट निर्माणको अनुभव भएका प्रभावशाली नेताहरू यसपटक प्रत्यक्षतर्फबाट संसद छिर्ने दौडमा छन्। पूर्वप्रधानमन्त्री समेत रहेका डा। बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिह्नमा उम्मेदवारी दर्ता गरेका छन्। उनले आर्थिक वर्ष २०६५र६६ को बजेट ल्याएका थिए।

त्यसैगरी पाँच पटकसम्म अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका र तीन आर्थिक वर्षको बजेट ल्याएका विष्णुप्रसाद पौडेलले नेकपा ९एमाले० बाट रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका छन्। सुरुमा उनलाई पाल्पाबाट उठाउने चर्चा चले पनि अन्ततः उनी आफ्नै पुरानो क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन्।

नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का तर्फबाट पूर्वअर्थमन्त्री वर्षमान पुनले रोल्पा क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन् भने अर्का पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टीबाटै आफ्नो गृह जिल्ला रुकुम पश्चिमबाट मनोनयन दर्ता गराएका छन्। पुनले २०८१र८२ को बजेट र शर्माले २०७९र८० को बजेट ल्याएका थिए।

यस्तै नेपाली कांग्रेसका तर्फबाट पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर ४ र निवर्तमान अर्थमन्त्री डा। प्रकाशशरण महतले नुवाकोट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन्। अघिल्लोपटक समानुपातिक सांसद रहेका महत यसपटक प्रत्यक्षतर्फको प्रतिस्पर्धामा छन्। ललितपुर क्षेत्र नम्बर १ बाट पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा पनि कांग्रेसकै तर्फबाट उम्मेदवार बनेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार