काठमाडौं– निर्वाचन आयोगले मनोनयन दर्ताका लागि तोकेको समय सकिएको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार २४०० भन्दा बढी उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
अझै पनि केही उम्मेदवार लाइनमै रहेकाले यो सङ्ख्या केही बढ्न सक्ने बताए । आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि ५ बजेसम्मको समय तोकेको थियो । भट्टराईले केहीबेरमा आयोगले पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने बताए ।