निर्णायक वार्ताका लागि देउवा गगन र विश्वप्रकाश महाराजगञ्जमा

काठमाडौँ – पार्टीको समस्या समाधानका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महाराजगञ्जस्थित निवासमा बोलाएका छन् ।

प्रतिनिधिहरूबीचको छलफल निर्णयमा पुग्न नसकेपछि देउवाले दुवै महामन्त्रीलाई बोलाएर निर्णायक वार्ता गर्न लागेको नेताहरूले बताएका छन् । सभापति देउवाकहाँ डा. मीनेन्द्र रिजाल, बालकृष्ण खाँण र प्रकाशशरण महत रहेका छन् ।

गगन र विश्वप्रकाश पुग्नुअघि नै देउवानिवासमा संस्थापनपक्षका नेता बालकृष्ण खाँण र रमेश लेखक पुगिसकेका छन् ।

मंगलबार दिनभर छलफल भए पनि देउवाले विशेष महाधिवेशनपक्षधरहरूको मागबमोजिम सभापति पद छोड्न तयार नभएपछि भृकुटीमण्डपमा बिहानैदेखि निर्वाचनको तयारी थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार