शंकास्पद कारोबारमा ३० प्रतिशतको वृद्धि, नेपाल कालोसूचीमा पर्ने जोखिम बढ्दो

काठमाडौं । नेपालमा शंकास्पद कारोबारमा ३० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले मंगलबार बुझाएको प्रतिवेदनमा यस्तो कारोबारमा ३० प्रतिशतले बृद्धि भएको देखिएको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा हुने कारोबारलाई अनुगमन गर्न बनेको अन्तर्राष्ट्रिय संस्था ‘एफएटीएफ’ (फाइनान्सियल एक्सन टाक्स फोर्स)ले नेपालमा पारदर्शी कारोबार नरहेको र शंकास्पद कारोबार बढी हुने गरेको भन्दै जोखिमपूर्ण सूची (ग्रे लिष्ट)मा राख्दै आएको छ । यस्तो कारोबारमा सुधार नगरे उसले ब्ल्याक लिष्ट (कालो सूची)मा राख्ने चेतावनी दिँदै आएको बेला वित्तीय जानकारी इकाईले गभर्नर डा. विश्व पौडेललाई चिन्ताजनक अध्ययन प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१–८२ मा ‘गो–एएमएल’ प्रणालीमार्फत वित्तीय सूचना सङ्कलन उल्लेख्य रूपमा वृद्धि भएको छ । आ.व. २०८०–८१ मा ‘गो–एएमएल’मा आबद्ध सूचक संस्थाहरूको संख्या एक हजार ६३९ रहेकोमा २०८१–८२ मा तीन हजार ४९७ पुगेको छ । सोही अवधिमा इकाईले नौ हजार ५६५ वटा शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन (एसटीआरएस–एसएआरएस) प्राप्त गरेको छ । यो आँकडा अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार