काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित भएका छन् । आयोजकले दिएको जानकारीअनुसार ६२ प्रतिशत महाधिवशेन प्रतिनिधि उपस्थित भएर हस्ताक्षर गरेका छन् ।
यसअघि ५४ प्रतिशत महाधिवेशनले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका थिए ।
सोही हस्ताक्षरअनुसार नै अहिले विशेष महाधिवेशन बोलाइएको थियो ।