काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णमुरारी न्यौपाने चयन भएका छन् । संघको गत शुक्रबार र शनिबार भएको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट न्यौपाने अध्यक्षमा निर्विरोध चयन भएका हुन् । साधारणसभा तथा अधिवेशनले न्यौपानेसहित २४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति निर्वाचित भएका छन् । साधारण सदस्यतर्फको उपाध्यक्षमा दिनेश गोसाई, वस्तुगत सदस्यतर्फको उपाध्यक्षमा विश्वराम दुवाल र एशोसिएटतर्फको उपाध्यक्ष गणेशहरि प्रजापति निर्वाचित भए । यसैगरी, महासचिवमा रुकेश रंजित, सचिवमा गौतम सुजखू र कोषाध्यक्षमा रंजित मारिखू निर्वाचित भएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यहरुमा अनिल शिवाकोटी, अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, गणेशभक्त गोसाई, नारायणप्रसाद भुसाल, महेशकुमार शर्मा, राजेश त्वानाबासू (राजु), राधाकृष्ण सापकोटा, सन्तोषकुमार मिश्र, सुरेन्द्र प्रजापति र श्यामप्रसाद मानन्धर निर्वाचित भए । महिलातर्फ कार्यसमिति सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की तथा वस्तुगततर्फ कार्यसमिति सदस्यमा कृतन अवाल निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमै एशोसिएटतर्फ बिजोन त्वानाबासू र शिशिर किसी निर्वाचित भएका छन् ।
महासचिव र एशोसिएटतर्फका कार्यसमिति सदस्यहरु बाहेक अन्य पदाधिकारी एवं कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं प्रमुख निर्वाचन अधिकृत गजेन्द्रशंकर तिमिलाले जानकारी दिए । संघको नवनिर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई शनिबार एक कार्यक्रमका बीच प्रमाण पत्र वितरण गरिएको छ । यसैगरी, नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत तिमिलाले सपथ गराए ।