आन्तरिक छलफलमा जुटे कुलमान समूहका नेताहरू

काठमाडौँ – कुलमान घिसिङको पहलमा गठन भएको उज्यालो नेपाल पार्टीका नेताहरू आन्तरिक छलफलमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग असन्तुष्टि बढेपछि उनीहरू आन्तरिक छलफलमा जुटेका हुन् । आजै बिहान घिसिङले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका थिए ।

रास्वपासँग एकता गरेपछि उज्यालो नेपालका नेताहरू असन्तुष्ट छन् । उज्यालो नेपालका नेता गणेश घिसिङले छलफलमै रहेको बताए । उनले छलफलको थप विषय भने बताउन चाहेनन् ।

पछिल्ला दिनमा रास्वपासँग नीतिगत र केही सांगठनिक मुद्दामा असन्तुष्टि रहेको छ । उज्यालो नेपाल समूहका नेताहरूले रास्वपा समावेशीता, धर्मनिरपेक्षता र संघीयताको विषयमा प्रस्ट नभएको दाबी गर्दै आएका छन् । त्यसमा सभापति लामिछानेले पनि प्रस्ट जवाफ दिन सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार