घट्यो आज सुनको भाऊ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँको गिरावट आएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने प्रतितोला सुनको कारोबार २ लाख ६७ हजार ७ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले कम हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार