कांग्रेस महाधिवेशन अब वैशाख अन्तिममा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन वैशाखको अन्तिममा हुने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बहुमतले यस्तो प्रस्ताव पारित गरेको हो । उक्त प्रस्तावसहित कांग्रेसले केन्द्रीय समितिसहित तल्ला तहका सबै समितिको म्याद सोही मितिसम्म थप गर्ने निर्णय गरेको हो ।

यो निर्णयमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अर्जननरसिंह केसी, फरमुल्लाह मन्सुर र उमा रेग्मीले विमति राखेका छन् । कार्यसम्पादन समितिले पारित गरेको कार्यतालिकाअनुसार महाधिवेशनको नयाँ मिति वैशाखको २८ देखि ३१ सम्म हुनेछ ।

यसअघि पुस अन्तिममा महाधिवेशन गर्ने कार्यतालिका कांग्रेसले पारित गरेको थियो । त्यसका लागि कांग्रेसले गाउँ नगर वडा अधिवेशन– २०८२ चैत २१ गते, गाउँ नगर अधिवेशन – २०८२ चैत २५ गते गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार