भारतद्वारा ६५४ मेगावाट बिजुली निर्यात अनुमति नवीकरण

काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स) को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आईएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत् चौविसै घण्टा (अरटीसी) आयात गर्न अनुमति नवीकरण गरेको हो । यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो ।

नेपाल विद्युत् प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो । १७ पुसबाट १७ चैत ९१ जनवरी–३१ मार्च २०२६० सम्म विद्युत् आयातको अनुमति पाएको हो । १८ चैतबाट १५ भदौ ९१ अप्रिल–३१ अगस्ट २०२६० सम्मको नवीकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मंगलबार विद्युत् मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटीसी मोडमा विद्युत् आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार