मेयर बालेन र डा. भट्टराईबीचकाे छलफल के के भयाे ?

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा दुईबीच भेट भएको हो ।

भेटमा पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्ने मेयर शाहलाई सुझाव दिएका छन् । आफूले दिएको सुझावलाई मेयर शाहले सकारात्मक रूपमा लिएको समेत भट्टराईले बताए ।

‘मेरो १० वर्षदेखिको सपना हो, नयाँ र वैकल्पिक मिल्नुपर्छ । यसै विषयमा परामर्श गर्न बालेनजीले बोलाउनुभएको थियो र म यहाँ आएको हुँ,’ उनले भने, ‘विचार र एजेन्डामा सबै मिल्नुपर्छ सबै एक भएर जानुपर्छ ।’

त्यसअघि मेयर शाहले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने,जेनजी लगायतसँग छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार