सुनको मूल्यले एकपछि अर्को इतिहास रच्दै, कति पुग्यो आज तोलामा ? 

दुई लाख ६८ हजार १०० रुपैयाँ तोलामा

काठमाडौं । नेपाल बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । यो क्रम बुधबार पनि जारी रह्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ९०० रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै महँगो हो ।

मंगलबार (८ पुस) मा ५५ सयले बढेर दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी पनि तोलामा १६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन चार हजार २५५ रहेको एक चाँदीको मूल्य आज चार हजार ४२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार