काठमाडौं । नेप्सेमा सूचीकृत पाँच कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गर्नेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स र निर्धन उत्थान लघुवित्त छन् ।
प्रभु महालक्ष्मीले यसपटक चुक्ता पुँजीको ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) र चार प्रतिशत बोनस दिने भएको छ ।
यस्तै, नेपाल इन्स्योरेन्सले चुक्ता पुँजीको ६.३१ प्रतिशतले हुन आउने १६ करोड नौ लाख ६२ हजार ६३१ रुपैयाँबराबर नगद लाभांश बाँड्ने घोषणा गरेको छ ।
यता, सन नेपाल लाइफले भने कुल १५ प्रतिशत लाभांश वितरण गर्नेछ । जसमा पाँच प्रतिशत बोनस सेयर र करसहित १५.२६ प्रतिशत नगद लाभांश गरी कुल २०.२६ प्रतिशत रहेको छ ।
यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश (करसहित) र चार प्रतिशत बोनस सेयर लाभांशका रूपमा वितरण गर्ने जनाएको छ ।
निर्धन उत्थानले भने बोनस सेयर पाँच प्रतिशत र करसहित नगद लाभांश सात प्रतिशत गरी कुल १२ प्रतिशत आफ्ना सेयरधनीलाई वितरण गर्नेछ ।
यी कम्पनीले प्रस्ताव गरेको लाभांश कम्पनीका आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।