एमाले मतपरिणाम अपडेट : ओलीले बढाए अन्तर, पछि पर्दै पोखरेल

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । आज बिहीबार बिहान करिब पौने १० बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा मतगणना थालिएको हो । हालसम्म १६ विद्युतीय मेसिनको मतगणना गरिएको छ । त्यसमध्ये अध्यक्ष पदका उमेदवार केपी शर्मा ओलीले ३३३ र ईश्वर पोखरेलले ११० मत ल्याएका छन् । हालसम्म ४४३ मतगणना गरिएको हो ।

मतदानमा ८० विद्युतीय मेसिन प्रयोग गरिएको थियो । त्यसबाट प्रतिनिधिले मतदान गरेका हुन् । यसपालि कुल दुई हजार २६३ मतदाता थिए । दुई हजार २२७ प्रतिनिधिले मतदान गरे । ३६ प्रतिनिधि मतदानमा अनुपस्थित रहेका पार्टी निर्वाचन आयोगले जनाएको छ ।

१९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । सबै पदमा गरी ३०० भन्दा बढी उमेदवार छन् । हिजाे बुधबार  बिहान करिब सवा ९ बजेदेखि मतदान थालिएको थियो । बिहीबार आज बिहान मतदान सकिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार