एनआईसी एशिया बैंकको ५ अर्बको डिबेन्चर आजबाट बिक्री

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले आज सोमबारबाट ५ अर्ब रुपैयाँ बराबरको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ।

बैंकले प्रतिकित्ता १,००० रुपैयाँ अंकित मूल्यमा ५० लाख कित्ता ऋणपत्र जारी गर्दैछ। यसमध्ये ३० लाख कित्ता (६० प्रतिशत) संस्थागत लगानीकर्तालाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने २० लाख कित्ता (४० प्रतिशत) सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ। त्यसमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार