काठमाडौं । अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर रूपमा घाइते भएका छन् ।
घाइतेहरूको अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ । यद्यपि, प्रोभिडेन्स सहरका मेयर ब्रेट स्माइलीले हताहत हुनेहरूको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।
प्रहरीका अनुसार, आक्रमणकारी अझै फरार छन् । अभियुक्त कालो कपडामा थिए र घटनास्थलबाट पैदलै भागेको बताइएको छ ।
प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको भए पनि अनुसन्धानपछि उनको घटनासँग कुनै सम्बन्ध नभेटिएकाले उनलाई छोडिएको बीबीसीले जनाएको छ ।