विवाहकै सिजनमा पनि किन छैन सुनको माग ?

काठमाडौं । सुन विवाह सम्पन्न गर्नका लागि नभई नहुने कुरा हो । तर अहिले सुनको मूल्य अत्याधिक बढेपछि उपभोक्ताहरु मारमा परेका छन् । सुनको भाउ तोलाको २ लाख ५० हजारभन्दा माथि रहेकाले मंसिर महिनामा पनि सुनको कारोबार ठप्प रहेको व्यवसायीहरु बताउँछन् । देशको अर्थतन्त्रको अवस्था, विभिन्न आन्दोलनहरुले पारेको असर र व्यक्तिगत आयस्रोत घट्दै गईरहेकाले मानिसहरुका अत्यावश्यक कुराहरु परिपुर्ति गर्नका लागि पनि समस्याहरु भईरहेकोले सुनको कारोबारमा सुस्तता छाएको व्यवसायीहरु बताउँछन् ।

चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो ४ महिनामा सुनको आयात ५८० प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा सुनको आयात उक्त प्रतिशतले वृद्धि भएको हो ।

गत आवको साउनदेखि कात्तिक मसान्तसम्म १३२ केजी सुन आयात भएको थियो । जसबाट २८ करोड ५५ लाख रुपियाँ राजस्व संकलन भएको थियो । यसरी उक्त सुन आयात हुँदा १ अर्ब ४२ करोड ७५ लाख रुपियाँ बाहिरिएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा ९०२ केजी सुन आयात हुँदा १ अर्ब ५७ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । उक्त सुन आयात गर्दा १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँ बाहिरिएको छ ।

पछिल्लो ४ महिनामा आएको सुनको एक तिहाइ हिस्सा कात्तिक महिनामा मात्रै आएको हो । अर्थात् कात्तिक महिनामा ३०० केजी सुन आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । चालु आवको असोज मसान्तसम्म ६०० केजी सुन आयात भएको थियो । असोजको अन्तिम साता नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा वृद्धि गरेर २५ केजी पुर्याएको थियो । यसले गर्दा कात्तिकको एकै महिनामा ३०० केजी सुन भित्रियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार