काठमाडौं । दुईपटकसम्म विज्ञापन गर्दा पनि उपकुलपति बन्न कोही नआएपछि शिक्षामन्त्रीले निवेदन दिनका लागि सार्वजनिक आह्वान गरेका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि उनले सार्वजनिक आह्वान गरेका हुन् ।
शुक्रबार उनले फेसबुकमा लेखेका छन् : ‘मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राडा भई १० वर्ष काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान हुनुहुन्छ भने कृपया निवेदन दिनुहोस् ।’उनले सिधै आफूसँग सम्पर्क गरे पनि हुने बताएका छन् ।