ओली र मोदीबीच बैंककमा भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । छैटौँ बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक पुगेका दुई नेताबीच शुक्रबार अपराह्न भेटवार्ता भएको हो ।

बिम्स्टेक शिखर सम्मेलनको साइडलाइनमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार