निर्वाचन आयोगद्वारा दल दर्ताको समयावधि चार दिन थप

काठमाडौं – निर्वाचन आयोगले दल दर्ताको समयावधि चार दिन थप गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको जानकारी दिए ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबार (आज)सम्म तोकिएको थियो ।

आयोगमा कुल १३४ दल रहेका छन् । मंगलबारसम्म ८० दलले दल दर्ता गराएका थिए । नयाँ दल दर्ता संख्या १८ पुगेको छ भने २० दल प्रक्रियामा रहेको भट्टराईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार