कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका प्रस्ताव हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो ।

बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने नेताहरूले बताएका छन् । सोमबार बसेको कार्यसम्पादनको बैठकमा यस्तो सहमति भएको थियो ।

महाधिवेशनका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्त र संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा महाधिवेशन गर्ने अडान कायम राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार