सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड 

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे । प्रतिवेदनानुसार आव २०८१/८२ मा सरकारको सञ्चित कोष एक खर्ब ९६ अर्ब ३४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यस्तै, नगद अवस्था ३१ अर्ब ३४ करोड ६१ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार