रास्वपाको बृहत राजनीतिक संवाद सुरु 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको बृहत राजनीतिक संवाद सुरु भएको छ । बालुवाटारस्थित नेपाल हाउसमा संवाद सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार ‘जेनजी आन्दोलनका उपलब्धि, अगाडीको बाटो र निकास’ विषयक कार्यक्रममा डा. बाबुराम भट्टराई, रेशमलाल चौधरी लगायतका नेताहरु सहभागी छन् ।

रास्वपाका उपसभापति स्वर्णीम वाग्लेको प्रस्तावमा पार्टीले उक्त कार्यक्रमको आयोजना गरेको हो । अरु पार्टीका नेताहरु भने अहिलेसम्म देखिएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार