‘प्रधानमन्त्रीको बोली फेरियो, ‘ठूलै शक्ति’ लाग्यो’ – गणपतिलाल श्रेष्ठ  

काठमाडौं । गणपतिलाल श्रेष्ठले मन्त्रालय परिवर्तन गरिएपछि आफूले मन्त्री पद अस्वीकार गरेको बताएका छन् ।

श्रेष्ठका अनुसार, उनलाई सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व दिने भनिएको थियो । तर, पछि आफूलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेपछि आफूले अस्वीकार गरेको उनको भनाइ छ ।

उनले शनिबार (कात्तिक ८ गते) प्रधानमन्त्रीले नै आफूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि तयारी गर्न भनेको पनि दाबी गरेका छन् । तर, अचानक आफूलाई जानकारी नदिई मन्त्रालय फेरिएको उनको आरोप छ ।

आइतबार साँझ एक विज्ञप्तिमार्फत श्रेष्ठले आफूलाई गृहमन्त्रीले ठूलै शक्ति लागेको बताएको पनि दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार