सुनको मूल्य आज एकैदिन ११ हजार ६०० रुपैयाँले घट्यो, चाँदीको नि ?

काठमाण्डौ । पहेँलो धातु सुनको मूल्यमा एकैदिन ११ हजार ६०० रुपैयाँले घटेको छ ।

नेपाली बजारमा सुनको मूल्य प्रतितोला एकैदिन ११ हजार ६०० रुपैयाँले घटेको सम्भवतः यो नै पहिलो घटना हो ।

तिहारको विदाहुनुअघि कात्तिक ३ गते नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ रहेको थियो ।

विदापछि आजदेखि खुलेको बजारमा सुनको भाउ तोलाको २ लाख ४१ हजार ९०० तोकिएको हो ।

अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य गिरावट भइरहेकोले त्यसको प्रभाव स्थानीय बजारको मूल्यमा परेको हो ।

सुनसँगै चाँदीको मूल्य समेत घटेको छ । जसअनुसार कात्तिक ३ गते प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर आज ३ हजार १५ रुपैयाँमा सीमि बन्न पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार