नेपाली मूलका व्यक्तिले स्थापना गरेको कम्पनी अमेरिकी सेयरबजारमा सूचीकृत

काठमाण्डौ । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने कम्पनी अमेरिकी सेयरबजारमा सूचीकृत भएको छ । नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी फ्युजमेसिन्स नास्डकमा सूचीकृत भई बिहीबारदेखि कारोबारको थालनी गरेको छ । यो कम्पनी २० करोड अमेरिकी डलरमा फ्युज नामले सूचीकृत भएको हो ।

फ्युजमेसिन्सले एआई सम्बन्धी काम गर्छ । यो कम्पनी दुई वर्षअगाडि सीएसएलएमसँग मर्ज भएको थियो । कम्पनीमा हाल ३ सय ५० कर्मचारीले काम गरिरहेका छन् । जसमध्ये २६० जना नेपालमा कार्यरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार