कांग्रेस, एमालेप्रति बालेनको रोष प्रकट ! भने – “चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?”

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेस, नेकपा (एमाले)लगायत आलोचकप्रति तिखो टिप्पणी गरेका छन् । ‘जेनजी’को प्रदर्शनका क्रममा कांग्रेस, एमालेकै कार्यकर्ताबाट आगजनी गरिएको उनको आरोप छ ।

बुधबार (कात्तिक ५) बेलुका सामाजिक सञ्जालमार्फत उनले आन्दोलनका क्रममा कांग्रेस, एमालेले देश जलाएर बालबालिकालाई दोष दिएको भन्दै रोष प्रकट गरेका छन् ।

उनले फेसबुकमा अगाडि लेखेका छन्, “…चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?”

मेयर बालेनको फेसबुक स्टाटस पढ्नोस्–

तुइन र काठको पुल बनाउने नेताहरू भन्छन्,

यो देश विदेशीले बिगार्‍यो,

भिसा पाउनलाई तिमीहरूको घर धाउनुपर्छ,

अरूलाई एजेन्ट भन्छौ !!!

आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ,

कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ !

चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ !

लाज लाग्दैन ?

प्रतिक्रिया
सम्बन्धित समाचार