काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सम्पूर्ण भातृ संगठनहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
काठमाडौंको तीनकुने घटनामा राज्य पक्षले दमन गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
झुटा मुद्दामा पक्राउ परेका राप्रपाका नेता लगायत सम्पूर्ण राष्ट्रवादीहरूलाई अविलम्ब रिहाको माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन्।
उनीहरूले प्रदर्शनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्नुपर्ने, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने, घटनाको न्यायिक समिति बनाइ छानबिन गर्नुपर्ने लगायत माग राखेका छन्।