सुनको मूल्यमा अर्को नयाँ कीर्तिमान, तोलाको दुई लाख ४० हजारभन्दा बढी 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । सोमबार (असोज २७) सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४० हजार ४०० रुपैयाँ कायम छ । यो मूल्य हालसम्मकै उच्च हो । आइतबार (असोज २६) छापावाल सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार