काठमाण्डौ । अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले इमेलबाट अर्थमन्त्रालय मातहतका निकायका काम कार्यबाहीको विषयमा बग्रेल्ती गुनासाहरु प्राप्त भएको बताएका छन् ।
डा. खनालले मंगलबार साँझ एक स्टाटस पोस्ट गर्दै छोटो समयमा निकै धेरै गुनासोहरु इमेलमा आएको बताएका हुन् ।
‘१६६ वटा इमेलहरू अर्थ मन्त्रालयको गुनासो मेलबक्समा र मेरो आधिकारिक इमेल आईडीमा यस प्रणाली सुरु गरिएको करिब छ घण्टामै प्राप्त भए। करिब दुई दर्जन इमेलमा जवाफ दिइयो र अधिकांशमा आवश्यक कारबाही गरियो।’ मन्त्री खनालले भनेका छन् – ‘बाँकीलाई सकेसम्म चाँडै जवाफ दिइनेछ। यसले मानिसहरू/संस्थाहरूले भोगेका समस्याको समाधान खोज्न सिंहदरबारमा व्यक्तिगत रूपमा जानुपर्ने आवश्यकता हटाउनेछ।’