काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मंगलबार साँझ (असोज ७) विद्युत् सेवा अवरुद्ध भएको छ ।
कपिलवस्तु मोतीपुरमा समस्या हुँदा समग्र प्रणाली आउटेज भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
हाल समस्या समाधान भइसकेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । कुलेखानीको सिस्टम सट डाउन भएको र खिम्ती लामो साँघु प्रसारण लाइन अवरुद्ध भएको कारण पनि सिस्टम उठाउन समस्या भएको उनकाे भनाइ छ ।