मेष (Aries):
आज नयाँ व्यवसायिक योजना बनाउन सकिनेछ। लगानी गर्ने समय शुभ रहनेछ। तर साझेदारसँग सानो विवाद हुनसक्छ, धैर्य अपनाउनुहोस्।
वृष (Taurus):
पुराना कामहरुबाट लाभ प्राप्त हुनेछ। साझेदारीमा गरिएको काम लाभदायी हुनेछ। खर्च नियन्त्रणमा राखे भविष्य सुरक्षित हुनेछ।
मिथुन (Gemini):
आज व्यापारमा उतारचढाव देखिन सक्छ। नयाँ ग्राहकसँग व्यवहार गर्दा सजग रहनुहोस्। छोटो यात्राबाट लाभ मिल्नेछ।
कर्कट (Cancer):
व्यापार विस्तारको योजना सफल हुनेछ। पारिवारिक समर्थन प्राप्त हुनेछ। आर्थिक हिसाबले प्रगति देखिन्छ।
सिंह (Leo):
नयाँ अवसर प्राप्त हुने समय हो। व्यापारमा बढ्दो प्रतिस्पर्धा देखिए पनि आफ्नो आत्मविश्वासले सफलता दिलाउनेछ।
कन्या (Virgo):
व्यवसायिक निर्णय लिन हतार नगर्नुहोस्। केही रोकिएका कामहरू अघि बढ्नेछन्। कर–काज सम्बन्धी काम सजग भएर गर्नुहोस्।
तुला (Libra):
आर्थिक लाभ प्राप्त हुनेछ। पार्टनरशिपमा गरिएको काम लाभदायी हुनेछ। तर अनावश्यक खर्च बढ्ने सम्भावना छ।
वृश्चिक (Scorpio):
व्यापारमा ठूलो लाभ हुने संकेत छन्। नयाँ सम्पर्कले फाइदा पुर्याउनेछ। पुरानो लगानीबाट मुनाफा प्राप्त हुनेछ।
धनु (Sagittarius):
आर्थिक उतारचढाव रहनेछ। व्यापारमा नयाँ प्रयोग गर्दा सजग रहनुहोस्। तर, सहयोगीहरूको समर्थनले राहत दिनेछ।
मकर (Capricorn):
काममा नयाँ अवसर आउनेछ। व्यापारिक प्रतिद्वन्द्वीलाई पराजित गर्न सकिनेछ। तर, स्वास्थ्यप्रति ध्यान दिनु जरुरी छ।
कुम्भ (Aquarius):
आजका निर्णय दीर्घकालीन लाभ दिनेछन्। लगानी गर्ने योजना सफल हुनेछ। तर, साथीभाइसँग सानो मतभेद हुनसक्छ।
मीन (Pisces):
व्यापारमा उत्साहजनक प्रगति हुनेछ। नयाँ ग्राहक भेटिनेछन्। खर्च बढे पनि आय बढ्ने संकेत छन्।