साेमबारकाे सेयर बजार ३२.२४ अंकले बढ्यो, ७ अर्बभन्दा बढीकाे कारोबार

काठमाडौं । आज साेमबार सेयर बजार बढेको छ । सााताको पहिलो दिन आइतबार बजार परिसूचक ९नेप्से० ३२।२४ अंकले बढेर २६९५।५५ अंकमा पुगेको हो । दिभर २७०० भन्दा माथि रहेको बजार अन्तिममा सोभन्दा तल झरेर बन्द भएको हो । आज बजारमा ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज बजारमा २४४ कम्पनीको कारोबार हुँदा २२२ कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ । बजारमा आज म्युचुअल फण्ड बाहेक सबै सूचकम हरियाली छाएको छ । फाइनान्स र अन्य समूहमा २ प्रतिशत भन्दा धेरैको सुधार आएको छ । होटल र हाइड्रोपावर क्षेत्रमा पनि १ प्रतिशत भन्दा धेरै बढेको छ ।

बजारमा आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेको छैन । सबैभन्दा धेरै मूल्य जोशी हाइड्रोपावरको ९।९७ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी मूल्य प्रभु स्मार्ट फण्डको ५।७४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार