घिसिङले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई हटाएर सिलवाललाई गरे नियुक्त

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेका छन् ।

घिसिङको सिफारिसमा मन्त्रिपरिषद बैठकले शाक्यलाई हटाएर सो पदमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सिलवाल पहिलेदेखि सिलवालको विश्वासपात्र हुन् ।

शाक्यलाई जल तथा उर्जा आयोगको विशिष्ठ सदस्यमा नियुक्त गर्ने निर्णय गरिएको छ । उनलाई यसअघि पनि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा र पम्फा भुसाल उर्जामन्त्री हुँदा यसरी नै हटाएर आयोगमा सरुवा गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार