सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ आज कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ८ सय रुपैयाँले बढेर २ लाख १६ हजार पुगेको हो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ६० रुपैयाँले बढेकाे छ । बिहीबार तोलाको २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर २ हजार ५८० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार