घट्यो सुनको भाउ, कतिमा हुँदैछ आज कारोबार ?

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो । हिजो २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी २ हजार ५२० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार