काठमााडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको जरिवानाको पत्र निर्मलनिवासले बुझ्न अस्वीकार गरेको छ । आइतबार (चैत १७) बिहान जरिवानापत्र लिएर काठमाडौं महागरपालिकाको नगरप्रहरी टोली निर्मलनिवास पुगेको थियो ।
महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्रमार्फत पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
शुक्रबार (चैत १५) राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एक/एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
यस्तै, महानगरको दमकल फुटाएकामा एक लाख ३० हजार, तीनकुने क्षेत्रको रुखबिरुवा र रेलिङ तोडफोड गरेकामा ४० हजार, तीनकुनेकै आइल्यान्ड तोडफोड गरेकामा २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।