पूर्वप्रधानमन्त्री खनालकी धर्मपत्नीको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ ।

कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार भइरहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । चित्रकारको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सक डा. निजिना ताम्राकारले उनको फोक्सोमा धुवाँ भरिएको बताइन् । “अवस्था अलि गम्भीर नै छ । तर स्वास्थ्यमा सुधार भइरहेको छ,” उनले भनिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार