नेपाल लाइफ क्यापिटलले असोज १० गते साधारणसभा गर्ने

काठमाडौँ – नेपाल लाइफ क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले १२औँ वार्षिक साधारणसभा असोज १० गते काठमाडौंको नक्सालमा होलिडे इन एक्सप्रेसमा गर्ने भएको छ ।

सभामा आव २०८१–८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१–८२ को वासलात, नाफा नोक्सान हिसाब, र सोही अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचीमा छलफल गरी स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार