राति १० बजेसम्मका लागि जारी भएको कर्फ्यू शनिबार बिहानसम्मका लागि थप

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबार विहानसम्मका लागि कर्फ्यूको समय विस्तार गरेको छ । शनिबार बिहान ७ बजेसम्मका लागि सो समय थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, आज राति १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय शनिबार बिहानसम्मका लागि थप गरिएको हो । काठमाडौँ महानगरपालिका भित्रका विभिन्न स्थानमा चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार