नेपालबाट बाहिरिने रेमिट्यान्समा ‘रेकर्ड ब्रेक’, एक बर्षमै ८४.३५ प्रतिशतले वृद्धि

काठमाडौं । गत आर्थिक बर्ष २०८१–८२ मा औपचारिक रुपमा नेपालबाट बाहिरिने रेमिट्यान्समा ‘रेकर्ड ब्रेक’ भएको छ । उक्त बर्ष ८४.३५ प्रतिशतले रेमिटान्स बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

औपचारिकरुपमा बाहिरिने क्रम बढ्दैगर्दा अनौपचारिकरुपमा भारत जाने रेमिटान्स भने निकै गुणा धेरै रहेको अनुमान गरिँदै आएको छ । अघिल्लो आव २०८०–८१ मा नेपालबाट छ अर्ब छ करोड दुई लाख रुपियाँ रेमिट्यान्स बाहिरिएकोमा गत आवमा भने ११ अर्ब १७ करोड २३ लाख रुपियाँ बाहिरिएको छ, जुन हालसम्म उच्च र अस्वाभाविक वृद्धि हो ।

यसअघि औपचारिकरुपमा यतिधेरै रेमिट्यान्स बाहिरिने गरेको थिएन । असार महिनामा मात्रै एक अर्ब ३० करोड १४ लाख रुपियाँ रेमिट्यान्स भारत गएको तथ्यांकले देखाउँछ ।

गत आव र चालु आवको पनि केही समयअघिसम्म यसरी बाहिरिने रेमिट्यान्समा कमी आएको थियो । पछिल्लो समय भने यसमा बृद्धि आएको छ । साथै, यसले रेकर्ड ब्रेक पनि गरेको छ । अनौपचारिकरुपमा भारतमा हरेक बर्ष तीन खर्बभन्दा बढी रकम अनौपचारिकरुपमा जाने गरेको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार