आज शुक्रबारको दैनिक व्यापार–व्यवसाय राशिफल !

मेष (Aries)

भौतिक साधन जुट्नेछन् र व्यापारमा आम्दानी बढ्न सक्छ।

→ व्यापार: आम्दानीका सम्भावना प्रशस्त, ध्यानपूर्वक अवसरहरू समात्नुभयो भने लाभ हुनेछ।

 

वृष (Taurus)

स्रोत साधन जुट्ने र प्रतिस्पर्धा जित्ने समय छ। आर्थिक लाभ हुने नयाँ कामको सम्भावना।

 

मिथुन (Gemini)

नयाँ अवसर र भौतिक साधन जुटेर उत्साहत् दिन रहनेछ। दिगो फाइदा हुने शुभ कामको शुभारम्भ।

 

कर्कट (Cancer)

गोप्य कुरा बाहिरिन सक्ने डर; साझेदारी सम्बन्धी जोखिम ऊहापोह हुन सक्छ। नयाँ योजना सुरु गर्न अधीर नहुनू होला।

 

सिंह (Leo)

हिम्मत र लगनशीलताले काम बन्न सक्छ। उद्योग–व्यवसायमा फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई सहजै पराजित गर्न सकिनेछ।

 

कन्या (Virgo)

बोलाइले गरिएका गलत अर्थले वाद–विवाद हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था पनि आउन सक्छ।

 

तुला (Libra)

चुनौतीपूर्ण कार्यको जिम्मेवारीले तनाव दिन सक्छ। साथीभाइ टाढा पलायन हुन सक्छ—महत्त्वपूर्ण योजना अहिले सार्वजनिक नगर्नुस्।

 

वृश्चिक (Scorpio)

खर्च बढ्ने र काम गर्न मुस्किल हुनसक्छ। व्यवसायमा सामान्य फाइदा भए तापनि सजग नहुँदा अरूले श्रमको फाइदा उठाउन सक्छन्।

 

धनु (Sagittarius)

आम्दानी राम्रो हुने, श्रमको उचित मूल्य पाइनेछ। व्यवसायमा फड्को मार्ने समय। नयाँ आम्दानी स्रोतहरूको खोजी सफल हुनेछ।

 

मकर (Capricorn)

काममा तारिफयोग्य सफलता हुनेछ। व्यापार बढ्नेछ। अवसरहरूले पछि लाग्नेछन्। मेहनतले नाम, दाम र इनाम दिलाउने समय छ।

 

कुम्भ (Aquarius)

व्यवसायमा विशेष फाइदा मिल्नेछ। लोकप्रियता र उपलब्धिको स्रोत प्राप्त हुनेछ। भाग्य र मेहनतले सफलताको शिखरमा पुर्‍याउनेछ।

 

मीन (Pisces)

स्वास्थ्य समस्या र जोखिमपूर्ण लगानीको अवस्था हुन सक्छ। गोपनीयता भंग हुनसक्छ; धनको क्षति हुन सक्छ। आहार र व्यवहारमा सजक हुन आवश्यक।

प्रतिक्रिया
सम्बन्धित समाचार