घट्यो घरजग्गा कारोबार, तीन अर्ब २८ करोडमात्रै उठ्यो राजश्व

काठमाडौं । चालु आर्थिक बर्ष २०८२–८३ को पहिलो महिना साउनमा घरजग्गा कारोबार घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख बिभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।

लिखित पारितको आधारमा घरजग्गा कारोबार घटेको देखिएको हो । २०८१ साउनमा नेपालभर ४३ हजार ८३५ वटा घरजग्गा कारोबार भएको थियो । गत साउनमा भने ३१ हजार ६२१ वटा मात्रै घरजग्गा कारोबार भएको छ, जुन गत आवको सोही महिनाको तुलनामा २८ प्रतिशतले कम हो ।

गत असारको तुलनामा यो ४३ प्रतिशतले कम हो । गत असारमा देशभर ५५ हजार ५२४ वटा कारोबार भएको थियो । गत आवभर नेपाल भर पाँच लाख ९० हजार ५४३ वटा घरजग्गा कारोबार भएका थिए ।

स्थानीय तहकले जग्गा बर्गीकरण नर्दा कित्ताकाट पनि हुन सकेको छैन । त्यसले घरजग्गा कारोबार प्रभावित भएको छ । यस्तै, आर्थिक सिथिलता कायमै हुदाँ पनि घरजग्गा कारोबार बढ्न सकेको छैन । यो तथ्यांकले घरजग्गा कारोबारमा सिथिलता नै देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार