बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले दिइन् सम्बन्ध विच्छेदको लागि निवेदन

एजेन्सी – बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले बान्द्रा पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिएको समाचार सार्वजनिक भएको छ। रिपोर्टअनुसार उनले गोविन्दामाथि अन्य महिलासँग सम्बन्ध र क्रूरताको आरोप लगाउँदै हिन्दु विवाह ऐन १९५५ अन्तर्गत धारा १३(१) अनुसार निवेदन दर्ता गरेकी छिन्।

मामिला मे २५ मा अदालतमा पेस भएको र त्यसयता दुवै पक्षले समाधान खोज्ने प्रयास गरिरहेको भनिएको छ। सुनिता अदालतमा उपस्थित हुँदै आएकी छन् भने गोविन्दा भने अनुपस्थित रहेको रिपोर्टमा जनाइएको छ।

तर गोविन्दाका नजिकका साथीहरू र प्रबन्धकले भने यी सबै समाचारलाई ‘अफवाह’ भन्दै खारेज गरेका छन्। गोविन्दका भतिजा तथा हास्य कलाकार कृष्ण अभिषेकले पनि दुबैबिच गहिरो सम्बन्ध रहेको भन्दै समस्या भए पनि उनीहरूले आफैँ समाधान गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार