काठमाडौं । राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शनलाई लक्षित गरेर साढे दुई हजारभन्दा धेरै प्रहरी खटाइने भएको छ । भोलि (चैत १५ गते) हुने प्रदर्शनलाई हेरेर थप सुरक्षाकर्मी खटाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।
“भृकुटीमण्डप र तीनकुनेमा हुने प्रदर्शनलाई लक्षित गर्दै ट्राफिक प्रहरीबाहेक दुई हजार ५०० बढी प्रहरी खटाउने योजना तयार छ । प्रदर्शनकारीको ‘सिन’ हेरेर आवश्यकताअनुसार थप पनि हुन सक्छ । त्यसका लागि प्रहरी संयन्त्र स्ट्यान्डबाई छ,” उनले भने ।
त्यस्तै, ट्राफिक प्रहरीतर्फ एक हजार ८०० जना आलोपालो तैनाथ हुँदै छन् ।
गणतन्त्रवादीहरूले भृकुटीमण्डप र राजावादीहरूले तीनकुनको आन्दोलत गर्ने तय भएको छ । आन्दोलनका कारण बिहानैदेखि उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्ने ट्राफिक प्रहरी कार्यालयको अनुमान छ ।